Nepali Time Now | Nepali Date Today | Nepal Time (NPT)
Nepali Horoscope
Updated: मङ्गलबार, ३ कार्तिक २०८३
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ARIES
यो साता दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । आफन्तसँग भेट घाट हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । ... । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,५,र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
TAURUS
यो साता नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ... धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
GEMINI
यो साता दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । लगनशीलताले कामहरू ... । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
CANCER
यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रोकिएको धन पाइन सक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू ... । रोकिएको धन पाइन सक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
LEO
प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। चुनौती देखिए पनि बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ ... परिस्थिति अनुकूल बनाउन सकिनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। सानाे प्रयत्नले उपलब्धि हातलागी हुनेछ। राष्ट्रियता एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा प्राप्त हुनेछ। आफ्नाले आलाेचना गरे पनि सामाजिक कामले लोकप्रियता दिलाउनेछ। सप्ताहान्तमा मनग्य धनलाभ हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
VIRGO
प्रारम्भ खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। धेरै मिहिनेत परे पनि चिताएको काम बन्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले ... मिहिनेत परे पनि चिताएको काम बन्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले यसअघि थालेकाे काम स्थगित हुन सक्छ। केही अप्ठ्यारा कामको बोझ थपिनेछ। तापनि पछिका लागि अवसर खोज्ने समय छ। साताको अन्त्यतिर स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्त गर्न सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
LIBRA
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा सुरुमा भविष्यको चिन्ताले सताउन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई ... सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। मंगलवारदेखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ। व्यापार र उद्योगमा केही मन्दी आउने देखिन्छ। प्रतिस्पर्धामा उत्रनुपर्दा केही साथीभाइ टाढिएलान्। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। मिहिनेत गर्दा काम बन्नेछ।
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
SCORPIO
सुरुमा रमाइलो भेटघाट भए पनि तत्कालै आफन्तबाट टाढा भइनेछ। उपहारमा पाएकाे वस्तु हराउने वा नष्ट हुने सम्भावना छ। स्वास्थ्य कमजाेर हुनाले यात्रामा समस्या आउन सक्छ। ... हुने सम्भावना छ। स्वास्थ्य कमजाेर हुनाले यात्रामा समस्या आउन सक्छ। मंगलवारपछि स्थितिमा सुधार आउनेछ र भाग्यले साथ दिनेछ। विशिष्ट व्यक्तिको साथ–सहयाेग पाइनेछ। मिहिनेत गर्दा कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। व्यापार–व्यवसायमा पनि उत्साह बढ्नेछ। सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। सप्ताहान्तमा अवराेध पुर्याउनेहरू अग्रसर हुनेछन् र घरायसी समस्या समाजसम्म पुग्न सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
SAGITTARIUS
पुरानो हिसाबकिताब सुल्झाउन समय लागे पनि नयाँ काम गर्ने बाटाे खुल्नेछ। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुने समय छ। मिहिनेतले सफलताको उचाइमा ... जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुने समय छ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। शत्रु र राेगबाट छुटकारा मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। अनुभव र पराक्रम देखाएर उपलब्धि हातपार्ने समय छ। सप्ताहान्तमा आफन्तसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
CAPRICORN
प्रारम्भमा केही उपलब्धि हातलागी हुनेछ। तर अरूकाे भरपर्दा काम बिग्रन सक्छ। सहयाेगीहरू टाढिने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना छ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। ... जाग्ने सम्भावना छ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। तापनि मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जाेखिम टर्नेछ। अध्ययनमा प्रगति हुनाले सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। रोकिएका काम गर्न सकिनेछ। सप्ताहान्तमा भने केही समस्यासँग जुध्नुपर्ला। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम बिग्रने डरले सताउन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
AQUARIUS
प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि काम गर्ने अवसर प्राप्त हुनेछ। खानपानकाे असावधानीले मंगलवारसम्म स्वास्थ्य समस्या देखापर्न सक्छ। ... अवसर प्राप्त हुनेछ। खानपानकाे असावधानीले मंगलवारसम्म स्वास्थ्य समस्या देखापर्न सक्छ। गलत निर्णयले उपलब्धि जाेगाउन मुस्किल पर्नेछ। पुरानाे विवाद सुल्झाउने प्रयत्न गर्नुहाेला। बुधवार र बिहीवार स्थिति अनुकूल बन्नाले धेरै काम सम्पादन गर्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने नयाँ काममा सम्झौता हुन सक्छ। सप्ताहान्तमा भने प्रतिस्पर्धीहरूले अवराेध निम्त्याउन सक्छन्, सजग रहनुहाेला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
PISCES
साता उत्साहवर्द्धक रहनेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। ... छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। बीचमा खर्चिलाे काम आँट्नाले धेरै रकम जाेहाे गर्नुपर्ने देखिन्छ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा पारिवारिक भेटघाटको आनन्द प्राप्त हुनेछ।