Nepali Time Now | Nepali Date Today | Nepal Time (NPT)
Updated: मङ्गलबार, ५ साउन २०८३
ARIES
यो साता दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । आफन्तसँग भेट घाट हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । ... । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,५,र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
TAURUS
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको दिन रहनेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साताको मध्यमा पुँजी बजारमा नोक्सानी हुनसक्छ । जिद्दीपनाले ... हुनसक्छ । साताको मध्यमा पुँजी बजारमा नोक्सानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।
GEMINI
यो साता पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट ... । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।
CANCER
यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रोकिएको धन पाइन सक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू ... । रोकिएको धन पाइन सक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।
LEO
रमाइलाे भेटघाट हुनेछ। बोली र व्यवहारले धेरैलाई प्राभावित पार्न सकिनेछ। कामको प्रभावले विशेष अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र लेखन कलामा पनि निखारता आउनेछ। आम्दानीका ... अध्ययनमा प्रगति हुनेछ र लेखन कलामा पनि निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। सहयाेगीहरूले साथ दिने हुँदा नयाँ कामतर्फ आकर्षित भइनेछ। बुद्धिको उपयोगले सफलता प्राप्त हुनेछ। सप्ताहान्तमा पारिवारिक माहाेल अनुकूल नहुनाले काममा समेत बाधा पर्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला।
VIRGO
नयाँ काम थाल्न धेरै रकम जाेहाे गर्नुपर्ला। अभिभावकलाई मनाउन केही समय लाग्न सक्छ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। नयाँ काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले ... हौसला प्रदान गर्नेछ। नयाँ काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ भने आँटले काम बनाउन सकिनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। भौतिक साधनहरू जुटाउने समय छ। सप्ताहान्तमा निर्णयले वादविवाद निम्त्याउन सक्छ। नयाँ अवसर प्राप्त भए पनि आलाेचकहरूबाट सजग रहनुहाेला।
LIBRA
प्रारम्भ खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। धेरै मिहिनेत परे पनि चिताएको काम बन्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले ... मिहिनेत परे पनि चिताएको काम बन्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले यसअघि थालेकाे काम स्थगित हुन सक्छ। केही अप्ठ्यारा कामको बोझ थपिनेछ। तापनि पछिका लागि अवसर खोज्ने समय छ। साताको अन्त्यतिर स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्त गर्न सकिनेछ।
SCORPIO
प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि संघर्षमा उत्रन सकिनेछ। मिहिनेतले राम्रै अवसर हात पार्न सफल भइनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। ... पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। साताभरि केही दौडधुप गर्नुपर्ने आवश्यकता पर्न सक्छ। तापनि बुद्धिको उपयोगले चिताएको काम सम्पादन हुनेछ। सप्ताहान्तमा भने अस्वस्थता, झुटा आरोप र चुनौती आइलाग्ने देखिन्छ, शुभचिन्तकहरूको साथ जुटाउने प्रयत्न गर्नुहोला।
SAGITTARIUS
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा सुरुमा भविष्यको चिन्ताले सताउन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई ... सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। मंगलवारदेखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ। व्यापार र उद्योगमा केही मन्दी आउने देखिन्छ। प्रतिस्पर्धामा उत्रनुपर्दा केही साथीभाइ टाढिएलान्। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। मिहिनेत गर्दा काम बन्नेछ।
CAPRICORN
पुरानो हिसाबकिताब सुल्झाउन समय लागे पनि नयाँ काम गर्ने बाटाे खुल्नेछ। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुने समय छ। मिहिनेतले सफलताको उचाइमा ... जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुने समय छ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। शत्रु र राेगबाट छुटकारा मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। अनुभव र पराक्रम देखाएर उपलब्धि हातपार्ने समय छ। सप्ताहान्तमा आफन्तसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ।
AQUARIUS
प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि काम गर्ने अवसर प्राप्त हुनेछ। खानपानकाे असावधानीले मंगलवारसम्म स्वास्थ्य समस्या देखापर्न सक्छ। ... अवसर प्राप्त हुनेछ। खानपानकाे असावधानीले मंगलवारसम्म स्वास्थ्य समस्या देखापर्न सक्छ। गलत निर्णयले उपलब्धि जाेगाउन मुस्किल पर्नेछ। पुरानाे विवाद सुल्झाउने प्रयत्न गर्नुहाेला। बुधवार र बिहीवार स्थिति अनुकूल बन्नाले धेरै काम सम्पादन गर्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने नयाँ काममा सम्झौता हुन सक्छ। सप्ताहान्तमा भने प्रतिस्पर्धीहरूले अवराेध निम्त्याउन सक्छन्, सजग रहनुहाेला।
PISCES
सुरुमा काम बन्नाले आम्दानी बढ्नेछ। तर लगत्तै खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। विदेश ... गर्नुपर्ला। तापनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। मंगलवारपछि रमाइलाे भेटघाटले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। व्यापार बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतअनुसार राम्रै उपलब्धि प्राप्त हुने समय छ।