Nepali Time Now | Nepali Date Today | Nepal Time (NPT)

Nepali Horoscope

Updated: कार्तिक २०८३

ARIES
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ

ARIES

यो महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले विविध समस्या आउन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको सास्ती खेप्नु पर्नेछ । १५ गतेबाट समय ... अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको सास्ती खेप्नु पर्नेछ । १५ गतेबाट समय राम्रै रहला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हल्का हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

TAURUS
वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

TAURUS

यो महिनामा कुनै कुराले मनमा शान्ति छाउला । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । शेयर ... सजिलै अरुको विश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । शेयर बजार या व्यापार व्यवसायमा औसत लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवालयको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

GEMINI
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह

GEMINI

यो महिनामा तपाईंको राशिमै सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । प्रेमीको सहयोग पाइनेछ । सन्तानबाट सुख मिल्ला । कृषि क्षेत्रको काममा सफलता मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा ... सन्तानबाट सुख मिल्ला । कृषि क्षेत्रको काममा सफलता मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

CANCER
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो

CANCER

यो महिनामा तपाईंको राशिबाट बाह्रै भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । खर्चको मात्रा बढ्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै ... मात्रा बढ्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्ने र नयाँ योजना बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

LEO
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे

LEO

शुभारम्भको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको अन्त्यमा लामो समयदेखि रोकिएका ... कसिने छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको अन्त्यमा लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

VIRGO
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो

VIRGO

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि ... विपरित निर्णय हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

LIBRA
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते

LIBRA

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोशजाँगर र हिम्मत बढ्ला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सेवा मूलक कामबाट सुख, शान्ति र ... फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सेवा मूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

SCORPIO
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु

SCORPIO

यस महिनामा स्वास्थ्य समस्याले सताउन सक्छ। कामको बोझ भने बढ्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। फसेकाे रकम नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। दुर्भावना राख्नेहरूले पनि बिनाकारण दुःख दिनेछन्। कब्जियत ... बन्नेछ। फसेकाे रकम नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। दुर्भावना राख्नेहरूले पनि बिनाकारण दुःख दिनेछन्। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउन सक्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आँटेका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। शुभचिन्तकहरूको सहयोगले मात्र अप्ठ्यारो परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। नयाँ काम गर्न बाधा भए पनि नियमित काम सम्पादन हुनेछन्। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहोला।

SAGITTARIUS
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

SAGITTARIUS

रोकिएका काम पुनः प्रारम्भ गर्ने समय छ। मिहिनेतले प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न ... प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन्। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा प्रगति हुनेछ। आर्थिक क्षेत्रमा पनि सामान्य उपलब्धिलाई गुणात्मक बनाउन सकिनेछ। दाेस्राे सातापछि सेयर काराेबारमा फाइदा हुनेछ। पहिले अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

CAPRICORN
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि

CAPRICORN

अवसर र चुनौतीको संक्रमणले व्यवहार केही अस्थिरतातर्फ मोडिन सक्छ। साझेदारीमा विवाद र पारिवारिक मतभेद देखापर्ने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ। लेनदेनको व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरू बिनाकारण टाढिन सक्छन्। भूमिबाट प्रशस्त ... हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ। लेनदेनको व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरू बिनाकारण टाढिन सक्छन्। भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। कृषितर्फ पछि फाइदा हुने काम थालनी गर्न सकिनेछ।

AQUARIUS
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द

AQUARIUS

यस महिनामा वादविवादले समस्या निम्त्याउने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ। साझेदारीमा पनि लेनदेनको व्यवहारले असमझदारी बढाउन सक्छ। बलभन्दा बुद्धिको उपयोगले पुरुषार्थी काम गर्न सकिनेछ। सेयर काराेबार, व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा ... सक्छ। बलभन्दा बुद्धिको उपयोगले पुरुषार्थी काम गर्न सकिनेछ। सेयर काराेबार, व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। विद्यार्थीहरूको अभिव्यक्ति कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नेछ। प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ। व्यवहारमा खर्चकाे मात्रा बढ्न सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। माैसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।

PISCES
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि

PISCES

आम्दानी बढ्नुका साथै यो महिनामा खुसीको समाचार सुन्न पाइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। व्यापार र सेयरतर्फ उल्लेख्य फाइदा हुनाले आयआर्जनका स्रोत थपिनेछन्। राजनीतिक पहुँच बढ्नुका ... उचाइको बाटो समाउनेछ। व्यापार र सेयरतर्फ उल्लेख्य फाइदा हुनाले आयआर्जनका स्रोत थपिनेछन्। राजनीतिक पहुँच बढ्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने तारिफयोग्य काम सम्पादन हुनाले सामाजिक रूपमा ख्याति बढ्नेछ। मानसम्मानका साथ प्रशस्त आम्दानी हुनेछ। कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। विद्यार्थीहरूमा अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर पनि प्राप्त हुनेछ।