Nepali Time Now | Nepali Date Today | Nepal Time (NPT)
Updated: साउन २०८३
ARIES
यो महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले विविध समस्या आउन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको सास्ती खेप्नु पर्नेछ । १५ गतेबाट समय ... अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको सास्ती खेप्नु पर्नेछ । १५ गतेबाट समय राम्रै रहला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हल्का हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
TAURUS
यो महिनामा आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । सहकार्यको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । ... । सहकार्यको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
GEMINI
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट ... / प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी कार्य गर्दा लाभ प्राप्त हुनेछ ।
CANCER
यो महिनामा तपाईंको राशिबाट बाह्रै भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । खर्चको मात्रा बढ्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै ... मात्रा बढ्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्ने र नयाँ योजना बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
LEO
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि ... विपरित निर्णय हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
VIRGO
योजना ठूलो बन्नेछ। तर काममा चुनौती देखापर्नेछन्। स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ। अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि ... अनुभवलाई व्यवहारमा उतार्ने समय छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि मेहनतले अवसर प्रदान गर्नेछ र जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउला। सेयरतर्फ साेचेकाे फाइदा नहुन सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। तर, विवादास्पद कामले आलाेचित भइनेछ। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला।
LIBRA
याे महिना केही उतारचढावमय रहनेछ। पतिपत्नीबीच मतभेद बढ्नेछ भने अस्थिर मनोवृत्तिले अरूको विश्वास गुम्न सक्छ। घरखर्च बढ्नेछ र आयआर्जनमा केही कमी आउने सम्भावना छ। अवसर आए पनि समयमा निर्णय लिन ... घरखर्च बढ्नेछ र आयआर्जनमा केही कमी आउने सम्भावना छ। अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक काम यो महिनाको प्राथमिकतामा नपर्न सक्छ। प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई भने पछि पार्न सकिनेछ। दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउने चेष्टा गर्नुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। सेयर तथा व्यापारबाट आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम बन्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ।
SCORPIO
रोकिएका काम पुनः प्रारम्भ गर्ने समय छ। मिहिनेतले प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न ... प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन्। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा प्रगति हुनेछ। आर्थिक क्षेत्रमा पनि सामान्य उपलब्धिलाई गुणात्मक बनाउन सकिनेछ। दाेस्राे सातापछि सेयर काराेबारमा फाइदा हुनेछ। पहिले अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
SAGITTARIUS
यस महिनामा वादविवादले समस्या निम्त्याउने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ। साझेदारीमा पनि लेनदेनको व्यवहारले असमझदारी बढाउन सक्छ। बलभन्दा बुद्धिको उपयोगले पुरुषार्थी काम गर्न सकिनेछ। सेयर काराेबार, व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा ... सक्छ। बलभन्दा बुद्धिको उपयोगले पुरुषार्थी काम गर्न सकिनेछ। सेयर काराेबार, व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। विद्यार्थीहरूको अभिव्यक्ति कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नेछ। प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ। व्यवहारमा खर्चकाे मात्रा बढ्न सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। माैसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।
CAPRICORN
अर्थ अभावका बीच दीर्घकालीन महत्त्वका काम प्रारम्भ गर्नुपर्ने समय छ। कर्जाको बोझ उठाउनुपर्ने हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउनेछन्। काम बनाउन अलि दौडधुप गर्नुपर्ला। सुरुमा आशा देखाउनेहरूले अन्त्यमा बोली ... आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउनेछन्। काम बनाउन अलि दौडधुप गर्नुपर्ला। सुरुमा आशा देखाउनेहरूले अन्त्यमा बोली फेर्न सक्छन्। समय र नियमलाई पालना नगर्दा व्यवहारमा समस्या उत्पन्न हुनेछ। व्यावहारिक चुनौतीका साथसाथै यो महिनामा विभिन्न अवसर पनि प्राप्त हुनेछन्। केही खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। व्यापार र सेयरमा तत्काल फाइदा नभए पनि पछिका लागि लगानी गर्ने मौका छ। नोकरीमा स्थानान्तरणको बलियो सम्भावना देखिन्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति भने आउन सक्छ।
AQUARIUS
आम्दानी बढ्नुका साथै यो महिनामा खुसीको समाचार सुन्न पाइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। व्यापार र सेयरतर्फ उल्लेख्य फाइदा हुनाले आयआर्जनका स्रोत थपिनेछन्। राजनीतिक पहुँच बढ्नुका ... उचाइको बाटो समाउनेछ। व्यापार र सेयरतर्फ उल्लेख्य फाइदा हुनाले आयआर्जनका स्रोत थपिनेछन्। राजनीतिक पहुँच बढ्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने तारिफयोग्य काम सम्पादन हुनाले सामाजिक रूपमा ख्याति बढ्नेछ। मानसम्मानका साथ प्रशस्त आम्दानी हुनेछ। कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। विद्यार्थीहरूमा अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर पनि प्राप्त हुनेछ।
PISCES
विभिन्न प्रकारका भोगबिलास गर्न पाईनेछ, उच्चपदस्थ अधिकारीहरुको साथ सहयोग पाईएला, अधुरा कामहरू सम्पन्न होलान् , ऐश्वर्यमा वृद्धि तथा न्याय पाईनेछ, सुन्दर तथा प्रिय बस्तुको प्राप्ति होला। तपाईंको बोली बिक्ने समय ... ऐश्वर्यमा वृद्धि तथा न्याय पाईनेछ, सुन्दर तथा प्रिय बस्तुको प्राप्ति होला। तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला। राजनैतिक क्षेत्रमा सफलता प्राप्त होला, मान तथा पद प्रतिष्ठामा वृद्धि होला, उच्च पदमा रहेका व्यक्तिबाट सहयोग प्राप्त होला , जागिर तथा नोकरी पाउने योग रहको छ ।