Nepali Time Now | Nepali Date Today | Nepal Time (NPT)

Nepali Horoscope

Updated: मङ्गलबार, ५ साउन २०८३

ARIES
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ

ARIES

व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय छ। मेहनत गर्दा दिगो फाइदा हुनेछ। साझेदार तथा आफन्तजन सहयोगीका रूपमा ... साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। पहिले रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। काममा अरूको भरपर्नु भन्दा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना अहिले नै सार्वजनिक नगर्नुहोला।

TAURUS
वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

TAURUS

आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

GEMINI
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह

GEMINI

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि ... हुनेछ, तर वैदेशिक कार्य अघि बढ्नेछ ।

CANCER
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो

CANCER

नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

LEO
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे

LEO

प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

VIRGO
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो

VIRGO

अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

LIBRA
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते

LIBRA

स्वास्थ्य सम्बन्धित समस्याहरूले असुविधा गराउन सक्छन्। आज तपाईंले सजिलै धन बढाउन सक्नुहुन्छ - उल्लेखनीय ऋण सङ्कलन गर्नुहुन्छ - वा नयाँ ... सङ्कलन गर्नुहुन्छ - वा नयाँ परियोजनाहरूमा काम गर्नको लागि धनको अनुरोध गर्न सक्नुहुन्छ। तपाईंका परिवारका सदस्यहरुसँग केही कठिनाई हुन सक्छ तर आफ्नो मनको शान्ति नष्ट हुन नदिनुहोस्। तपाईंले आफ्नो कार्यमा ध्यान दिनुभयो भने - आफ्नो उत्पादन दोब्बर गर्न सक्नुहुन्छ। आफ्नो छिमेकीले तपाईंको वैवाहिक जीवनमा समस्या बनाउने प्रयास गर्न सक्छ, तर यसले तपाईंहरूको प्रेमको बन्धन हल्लाउन गाह्रो छ।

SCORPIO
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु

SCORPIO

रक्तचापका विरामीहरुले आफ्नो रक्तचाप कम गर्न र कोलेस्ट्रल नियन्त्रणमा राख्न रेड वाइनको मद्दत लिन सक्नुहुनेछ। यसले तिनीहरूलाई धेरै आराम दिनेछ। ... यसले तिनीहरूलाई धेरै आराम दिनेछ। तपाईंमा छिट्टो पैसा कमाउने इच्छा हुनेछ। यदि तपाईंले तुरुन्तै आवश्यक नभएको कुरामा पैसा खर्च गरेमा तपाईंको जोडीलाई राम्रो लाग्ने छैन। आज आफ्नो प्रेमीलाई निराश नबनाउनुहोस् किनकि पछि पछुताउनु पर्न सक्छ। यो रचनात्मक प्रकृतिका परियोजनाहरुमा काम गर्ने र आफैलाई व्यक्त गर्ने पनि राम्रो समय हो। तपाईंले आफ्नो वैवाहिक जीवन नीरस भएको पाउन सक्नुहुनेछ। केही खुशी मनाउनुहोस्।

SAGITTARIUS
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

SAGITTARIUS

बिहानको काम सन्तोषजनक नहुन सक्छ। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। दिउँसाेदेखि स्थितिमा सुधार आउनाले मनको डर हराउनेछ। ... सुधार आउनाले मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

CAPRICORN
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि

CAPRICORN

बिहानकाे समय अलमलमा बित्नेछ। अल्छी स्वभावले काममा बाधा पुग्न सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ भने पहिलेकाे काम पूरा हुनासाथ नयाँ ... पहिलेकाे काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ र लेखन कलामा पनि निखारता आउनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यापार बढ्नेछ र नयाँ आयस्रोत फेला पर्नेछन्।

AQUARIUS
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द

AQUARIUS

आलस्य गर्ने बानीले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। पेसा–व्यवसायमा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी ... सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिन सक्छ। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

PISCES
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि

PISCES

परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा ... बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।